काठमाडौं / काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाहले संस्थागत विद्यालयका शिक्षकलाई पनि सामुदायिक विद्यालयका शिक्षक सरह तलब दिन निर्देशन गरेको छन् । सुविधा नपाए सम्पर्क गर्न अनुरोध गरेका छन् । 

बिहीवार बिहान सामाजिक सञ्जालमा लेख्दै मेयर शाहले संस्थागत विद्यालयका शिक्षकको तलब न्यून भएको गुनासो आउने गरेको जनाएका छन् । उनले लेखेका छन्, ‘काठमाडौं महानगरपालिकामा संस्थागत विद्यालयका शिक्षकहरूको तलब सामुदायिक विद्यालयको भन्दा न्यून भएको गुनासो आउने गरेको छ तर ‘शिक्षा ऐन २०२८’को दफा १२(७)(छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिनुपर्ने भनी उल्लेख गरिएको छ ।

OM Sai Pathibhara Hospital

 यस्तै काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ६८ मा शिक्षक तथा कर्मचारीको तलबभत्ता, निवृत्तिभरण, उपदान लगायतका अन्य सुविधा खाइपाई आएकोमा नघट्ने गरी संघीय शिक्षा कानूनमा तोकिए बमोजिम हुने उल्लेख गरिएको छ । सोही बमोजिम काठमाडौं महानगरपालिकाका सामुदायिक विद्यालयका शिक्षकहरूले प्राप्त गर्ने निम्न अनुसारको तलब सुविधा संस्थागत विद्यालयको शिक्षकलाई पनि प्राप्त गराउन काठमाडौं महानगरपालिकाका सम्पूर्ण संस्थागत विद्यालयहरूलाई सूचित गरिन्छ । निम्न अनुसारको तलब सुविधा प्राप्त नभएमा काठमाडौं महानगरपालिका शिक्षा विभागमा सम्पर्क गर्न अनुरोध गर्दछौँ ।’May be an image of text