एजेन्सी / आईसीसी विश्वकप क्रिकेट छनोटमा आज नेपालले पूर्व विश्व च्याम्पियन वेस्टइन्डिजसँग खेल्दैछ । ओडिआईमा नेपालले सामना गर्न लागेको वेस्टइन्डिज अहिलेसम्मकै बलियो प्रतिद्वन्द्वी हो । नेपालले दुईपटकको एकदिवसीय तथा  दुई पटकको टिट्वान्टी विश्वकप च्याम्पियन वेस्ट इन्डिजसँग पहिलो पटक खेल्ने भएको हो ।

नेपाल र वेस्टइन्डिज बीचको खेल  हरारे स्पोर्टस् क्लबमा नेपाली समय अनुसार दिउँसो पौने १ मा सुरु हुनेछ । यसअघि नेपालले टिट्वान्टी तथा एकदिवसीय फर्म्याटमा वेस्टइन्डिजसँग खेलेको थिएन । वेस्टइन्डिजले आईसीसी एकदिवसीय विश्वकपको पहिलो तथा दोस्रो संस्करणको उपाधि जितेको थियो ।  १९७५ मा इङ्ल्यान्डमा आयोजना भएको पहिलो संस्करणको विश्वकपमा अष्ट्रेलियालाई पराजित गरि वेस्ट इन्डिजले उपाधि जितेको थियो ।

OM Sai Pathibhara Hospital

इंग्ल्यान्डमै १९७९ आयोजना भएको दोस्रो संस्करणमा घरेलु टोलीलाई पराजित गरि वेष्टइन्डिज च्याम्पियन बनेको थियो । त्यस्तै वेस्ट इन्डिजले सन् २०१२ र २०१६ मा टी–ट्वेन्टी विश्वकप जितेको थियो । सन् २०१२ मा श्रीलंकालाई हराएर विश्व विजेता बन्दा २०१६ मा इङ्ल्याण्डलाई हराएर च्याम्पियन बनेको थियो ।  नेपालसँगै समूह ए घरेलु टोली जिम्बावे, अमेरिका, नेपाल, वेस्ट इन्डिज तथा नेदरल्यान्ड्स रहेका छन् ।

नेपालले घरेलु राष्ट्रसँग खेल्दै प्रतियोगिता गरेको थियो ।  नेपाल र जिम्बावेबीचको खेल १८ जुन अर्थात् असार ३ मा भएकोमा सो खेल नेपालले ८ विकेटले गुमाएको थियो । नेपालको दोस्रो खेलमा २० जुन अर्थात् असार ५ मा अमेरिकासँग रहेको थियो। अमेरिकासँगको खेलमा नेपाल ६ विकेटले विजयी भएको थियो । नेपालले समूह चरणको अन्तिम खेलमा नेदरल्यान्डसँग २४ जुन अर्थात् असार ९ मा खेल्नेछ । वेस्टइन्डिजले प्रतियोगितामा एक मात्र खेल खेलेको छ । पहिलो खेलमा वेस्टइन्डिजले अमेरिकालाई पराजित गरेको थियो । समूह बीमा श्रीलंका, आयरल्यान्ड, स्कटल्याण्ड, ओमान र युएई रहेका छन् ।