झापा / आईसीसी एक दिवसीय विश्वकप छनोट प्रतियोगितामा आज नेपाल र अमेरिका बिचमा प्रतिस्पर्धा हुँदैछ । पहिलो खेलमा घरेलु टोली जिम्बाबेसँग पराजित भए पछि नेपालले दोस्रो खेल अमेरिकासँग खेल्न लागेको हो । सो खेलका जिम्बाबेको राजधानी हरारेस्थित टागासिंगा स्पोर्टस् क्लबमा हुनेछ । खेल नेपाली समय अनुसार अपरान्ह १२:४५ बाट सुरु हुनेछ ।

प्रतियोगिताको पहिलो खेलमा जिक्बावेसँग पराजित भएको नेपाल दोस्रो खेलमा अमेरिकालाई हराएर प्रतियोगितामा पहिलो जित दर्ज गर्ने उद्देश्यसहित मैदानमा उत्रँदैछ । उत्कृष्ट लक्ष्य दिए पनि बलिङमा जम्न नसक्दा पहिलो खेलमा हार ब्योहोरेको नेपालले दोस्रो खेल भने जित्नै पर्ने दबाबमा देखिनेछ । पहिलो खेलमा वेस्ट इन्डिजसँग पराजित भएको अमेरिका पनि पहिलो जित निकाल्नका लागि नेपालसँग प्रतिस्पर्धा गर्दैछ ।