झापा / पोखरा महानगरपालिकाले पनि हिन्दी फिल्मको प्रदर्शनमा रोक लगाएको छ । फिल्ममा प्रयोग भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द खेदजनक रहेको र उक्त शब्द नसच्याएसम्म पोखराका कुनैपनि सिनेमा घरमा हिन्दी चलचित्र चल्न नदिने गरी महानगरले पत्राचार गरेको छ ।

मेयर धनराज आचार्यले सबै सिनेमा घरमा सिनेमा नचलाउन निर्देशन सहितको पत्राचार गरेका छन् । आचार्यले आदिपुरुषको निर्माणपछि नेपालप्रति भारतीय पक्षले गरेको नजर अन्दाज सामान्य नभएको बताए । उनले सामाजिक सञ्जालमा स्टाटस समेत लेखेर आदिपुरुषका संवाद लेखकले अन्तरवार्तामा दिएका विचारले झनै नेपालमाथि धावा बोलेको बताएका छन् ।

OM Sai Pathibhara Hospital

यसअघि आइतबार नै काठमाडौँ महानगरले पनि सोमबारदेखि आफ्नो क्षेत्रभित्र पर्ने हलहरूमा कुनै भारतीय फिल्म चल्न नदिने घोषणा गरेको छ ।