झापा / काठमाडौं‌ महानगरपालिकाले भोलिदेखि विवादित भारतीय चलचित्र ‘आदिपुरुष’ को प्रदर्शन महानगरभित्र रोक्ने तयारी गरेको छ । ‘आदिपुरुष’ चलचित्रमा भएको विवादित संवाद भारतमा नहटाएपछि महानगरका हलहरूबाट सबै भारतीय फिल्म रोक्ने तयारी गरेको महानगर स्रोतले जानकारी दिएको हो । 

काठमाडौंका मेयर बालेन शाहले शुक्रबार नै सूचना तथा प्रविधि मन्त्रालयलाई पत्र लेखेर कूटनीतिक तहबाट भारतमा पनि उक्त अंश हटाउन लगाउन आग्रह गरेका थिए ।

OM Sai Pathibhara Hospital

तीन दिन बितिसक्दा पनि भारतमा प्रदर्शन भइरहेको उक्त विवादित अंश फिल्मबाट हटाइएको छैन, स्रोतले भन्यो, आज सबै हलहरूमा नगर प्रहरीहरूले भोलिदेखि भारतीय फिल्म प्रदर्शन नगर्न आग्रह गर्नेछ ।

यस्तै, बालेनले उक्त विवादित अंश नेपालमा मात्र नभई भारतमा समेत तीन दिनभित्र हटाउनु पर्ने र नहटाए महानगरभित्र सबै भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउने चेतावनी समेत दिएका थिए ।