काठमाडौँ / दक्षिण भारतीय फिल्मका सुपरस्टार प्रभासको अलावा कृति सेन, सैफ अली खान लगायतको अभिनय रहेको फिल्म ‘आदिपुरुष’ ले दुई दिनमा एक करोड ५० लाख कमाइ गरेको छ । 

फिल्मको व्यवसाय भने अनुमान गरे जस्तो हुन सकेन । प्रदर्शन अगाडि ‘सीता भारतकी छोरी हुन्’ भन्ने संवाद प्रयोग भएको विषयमा नेपालमा विरोधका भएपछि पूर्व अनुमानित  व्यवसाय गर्न नसकेको हो ।

OM Sai Pathibhara Hospital

विवादका कारण शुक्रबार बिहानी शो हुन नसकेको फिल्म दिवा शोबाट प्रदर्शन सुरु भएको थियो । विवादका कारण सोचेजस्तो कमाउन नसकेको फिल्मले नेपालमा औसत कमाई गर्न भने सफल भएको छ । फिल्मले दर्शक तथा समीक्षकबाट समेत सकारात्मक प्रतिक्रिया पाउन सकेको छैन । फिल्ममा प्रयोग गरिएको भिएफएक्सका कारण धेरैले यसलाई कार्टुन, एनिमेसदेखि भिडिओ गेमसम्मको उपनाम दिएका छन् । फिल्ममा प्रभास रामको भूमिकामा छन्, भने कृति सिताको । अभिनेता सैफ अलि खानको भूमिका रावणको रहेको छ ।