काठमाडौं  ।   महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ नामक चलचित्र चल्न नदिने बताउनुभएको छ ।

सामाजिक सञ्जाल फेसबूकमा लेख्दै मेयर शाहले ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नसच्चिएसम्म सो चलचित्र चल्न नदिने जनाउनुभएको हो ।

OM Sai Pathibhara Hospital

सामाजिक सञ्जाल फेसबुकमा लेखिएको छ- ‘दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभई भारतमा पनि सच्चिँदैन, तबसम्म काठमाडौं महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन ।

यो सच्याउन तीन दिनको समय दिइएको छ । माता सीताको जय होस् ।’