काठमाण्डौ  ।   नेपाल संस्कृत विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार दाङ जाँदै छन् ।बेलझुण्डीस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसरमा हुने पाँचौं दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्डसहित शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईसहितको टोली दाङ जान लागेको हो । 

विश्वविद्यालयको कुलपति एवं प्रधानमन्त्री  दाहालको अध्यक्षता तथा सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय वाराणसीका कुलपति प्राध्यापक हरेराम त्रिपाठीको प्रमुख आतिथ्यतामा आज बिहान साढे ११ बजे दीक्षान्त समारोहको कार्यक्रम तय गरिएको छ ।

OM Sai Pathibhara Hospital

१२ वर्षपछि हुन लागेको दीक्षान्त  समारोहमा ५७५ जना विद्यार्थी दीक्षित हुने कार्यक्रम रहेको समारोह मूल समिति संयोजक एवं विश्वविद्यालयका उपकुलपति प्रा‍.डा. यादवप्रकाश लामिछानेले जानकारी दिए ।विश्वविद्यालयमा २०६८ साल देखि दीक्षान्त समारोह हुनसकेको थिएन ।