बागलुङ   ।   तथ्यांक कार्यालय बागलुङले सार्वजनिक गरेको तथ्यांक अनुसार उज्यालोका लागि मात्रै खानेपानीको पहुँचमा पनि कयौं परिवार पहुँचमा छैनन् ।

बागलुङका कुल घरपरिवारमध्ये अहिले पनि ५ सय ३१ परिवारले कुवाको पानी प्रयोग गर्छन् भने ३ सय १६ परिवार नदी वा खोलाको पानी पिउन बाध्य छन् । ३ हजार ५ सय ९९ परिवारमा मुल धाराको पानी पुगेको छ ।

OM Sai Pathibhara Hospital

जार वा बोतलको पानी पिउने परिवारको संख्या ६ सय ६२ छ । घरको परिसरभित्रै धारा पुगेको परिवारको संख्या १९ हजार ८ सय ८४ छ भने घर बाहिर धारा भएका ३८ हजार ८ सय ७६ परिवार छन् । हातेपम्प र ट्युवेलको पानी ४२ परिवारले प्रयोग गर्ने गरेका छन् ।

कार्यालयले मंगलबार जनगणना-२०७८ ले तयार पारेको तथ्यांक सार्वजनिक गरेको छ । तथ्यांक सार्वजनिक कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले तीन तहका सरकारलाई तथ्यांकले सहयोग गर्ने बताए।

जनगणनाले ल्याएको तथ्यांकका आधारमा आफ्ना नीति तथा कार्यक्रम ल्याउन सके तीनै तहका सरकारले सफलता पाउने उनले बताए । तथ्यांकले कमजोर संकेत गरेको क्षेत्र, बर्ग तथा लिङ्गको उत्थानमा लाग्न उनको सुझाव थियो ।

बागलुङका निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले तथ्यांक सम्बन्धि सूचना हरेक नीति निर्माण तहमा रहेकाहरुसँग हुनुपर्ने बताए । सूचनाको युग भएकाले सूचनामा अध्यावधिक मानिसनै धनी हुने समय आएको उनको भनाई थियो ।