काठमाडौं । नेपाल राष्ट्र बैंकले उद्यम व्यवसायको लागि कर्जामा सहजता बनाइदिएको छ । केन्द्रीय बैंकले वित्तीय सचेतनाका लागि एक सूचना जारी गर्दै ५ करोडसम्मको कर्जाको लागि अतिरिक्त २० प्रतिशत नोक्सानी व्यवस्था कायम गर्न नपर्ने प्रावधान ल्याएको छ ।

नवप्रवर्तन (स्टार्टअप) तथा उद्यमशीलता विकासमा टेवा पुर्याउन र यस्तो प्रयोजनमा कर्जा प्रवाह सहज होस् भन्ने उद्देश्यले व्यक्तिगत वा संस्थागत जमानी लिई परियोजना धितोमा (अन्य सम्पत्ति धितो नलिई)मात्र प्रवाह भएको ५ करोडसम्मको कर्जाको लागि सो प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्न नपर्ने प्रावधान राखेको हो ।

OM Sai Pathibhara Hospital

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाले प्रस्तावित उद्यम व्यवसायको अवधारणा, योजना, अनुमानित नगद प्रवाह, वित्तीय सम्भाव्यता, कर्जा जोखिम लगायतका विषयको विस्तृत मूल्याङ्ककन गरी कर्जासम्बन्धी निर्णय गर्न सक्दछन् ।