Screenshot_2023_0530_081405झापा   ।   राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले ल्याएको बजेट जनतामा आशा जगाउने किसिमको नआएको बताएका छन् । सोमबार बजेट सार्वजनिक भएपछि संसद भवनमा संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष लिङदेनले यस्तो बताएका हुन् । 

मुलुकको वर्तमान आर्थिक संकट र चुनौतीको समाधान गर्नुपर्ने अवस्था भए पनि त्यसअनुरुप बजेट आउन नसकेको बताउँदै उनले विगतका सरकारले ल्याउने बजेट सुन्दा राम्रो भए पनि कार्यान्यनमा समस्या हुने गरेको बताए । 

OM Sai Pathibhara Hospital

अहिलेको बजेट पनि कार्यान्वयनमा चुनौती रहेको बताए । बजेट अनुदान र ऋणमा आधारित भएर आएकाले आशा गर्ने ठाउँ नभएको उनको भनाइ छ । 

बजेटमा खर्च कटौतीलगायत सकारात्मक पक्ष समेटे पनि यति मात्रैले वर्तमान आर्थिक समस्याको समाधान गर्न नसक्ने उनले बताए । 

Screenshot_2023_0530_081507

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बजेट समग्रमा राम्रो भएको प्रतिक्रिया दिएका छन् । 

बजेट राम्रो आइरहँदा कार्यान्वयनको चुनौती रहेको शाहिले बताए । उनले जडीबुटीलगायत कृषिमा बजेट राम्रो आएको बताए ।
 प्रमुख सचेतक शाहीले सांसदलाई निर्वाचन क्षेत्रका लागि ५ करोड छुट्याउनु आवश्यक नभएको र आर्थिक संकटलाई समाधान गर्नेगरी बजेट आएको बताए ।