झापा   ।   सरकारले बिध्युतिय गाडिमा कर फेरबदल गरेको छ । आज सार्वजनिक भएको आर्थिक विधेयकमा करका दर परिवर्तन भएको हो ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले ईभीको करमा फेरवदल गर्दै नयाँ करका दर निर्धारण गरेका हुन् । पहिलो पटक ५० किलोवाटसम्मको नयाँ शिर्षक थप गरेर कर लगाएका छन् ।Screenshot_2023-05-29-22-01-25-56_a23b203fd3aafc6dcb84e438dda678b6

OM Sai Pathibhara Hospital

यसअघि १० प्रतिशत कर लगाउँदै आएको १०० किलोवाटसम्मका गाडीमा १५ भन्सार र १० प्रतिशत अन्तःशुल्क थप भएको छ । अहिले १० अन्तःशुल्क थपिएको हो भने, ५ प्रतिशत भन्सार वृद्धि भएको हो ।

यश अघि ३० प्रतिशत कर अन्तःशुल्क र ३० प्रतिशत भन्सार लाग्दै आएको १०० देखि २०० किलोवाटका गाडीमा २०–२० प्रतिशत अन्तःशुल्क र भन्सार लगाइएको छ ।

त्यसैगरी २०० देखि ३०० किलोवाटका गाडीमा ४५ प्रतिशत अन्तःशुल्क र ४० प्रतिशत भन्सार लगाइएको छ । त्योभन्दा माथिका मोटरमा कर बढाइएको छैन ।

अहिले १०० देखि २०० किलोवाट र २०० देखि ३०० किलोवाटमा केही कर घटेको छ भने १०० किलोवाटमा बढेको हो ।Screenshot_2023-05-29-21-52-18-26_a23b203fd3aafc6dcb84e438dda678b6