झापा   ।   सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बजेट सार्वजनिक गरेको छ।

अर्थमन्त्री प्रकाशशरण महतले संघीय संसदको संयुक्त सदनमा चालु आर्थिक वर्ष २०७९/८० को भन्दा ४२ अर्ब सानो बजेट प्रस्तुत गरेका हुन्। गत वर्ष १७ खर्ब ९३ अर्ब ८३ करोड रूपैयाँको बजेट आएको थियो।

OM Sai Pathibhara Hospital

महतले गरेको कूल विनियोजनमध्ये संघले खर्च गर्ने चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड, पुँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७ अर्ब ४५ करोड छुट्याइएको छ।