काठमाडौं    ।   सामुदायिक विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रमलाई आगामी वर्षको बजेटमा पनि निरन्तरता दिइएको छ।

अर्थमन्त्री डा प्रकाशशरण मतहले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सो कार्यक्रमको लागि ८ अर्ब ४५ करोड विनियोजन गरिएको बताए। दिवा खाजामा जंक फुड दिन नपाइने व्यवस्था गरिएको पनि उनले बताए।

OM Sai Pathibhara Hospital

त्यस्तै, सामुदायिक विद्यालयमा निःशुल्क सेनेटरी प्याड वितरण गर्न १ अर्व ४२ करोड रुपैयाँ विनियोजन गरिएको र यसबाट १० लाख छात्रा लाभान्वित हुने उनले बताए।

सामुदायिक विद्यालयमा समयमै निःशुल्क रुपमा पाठ्यपुस्तक उपलब्ध गराउने गरी ३ अर्व ५८ करोड बजेट विनियोजन गरिएको छ।

शिक्षा मन्त्रालयलाई आगामी आवको लागि १ खर्व ९७ अर्व २९ करोड बजेट बिनियोजन गरिएको अर्थमन्त्री मतहले बताए। चालु आर्थिक वर्षको लागि ७० अर्व ५ करोड बजेट विनियोजन गरिएको थियो।