काठमाडौं । जेठ महिनाको पहिलो दोस्रो साता नबित्दै १० वटा सहकारी संस्था कालोसूचीमा परेका छन् । जेठ ९ गतेसम्म १० सहकारी संस्थालाई कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको हो ।

केन्द्रले विभिन्न संघ, संस्था तथा व्यक्तिले दिएको उजुरीको आधारमा उक्त सहकारीहरूलाई कालोसूचीमा राखेको हो ।

OM Sai Pathibhara Hospital

कालोसूचीमा पर्ने सहकारीहरुमा लालीगुराँस सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ, तुलसी बहुमुखी सहकारी संस्था लिमिटेड, उपलब्धि मल्टिपपर्स को-अपरेटिभ, शान्ति सन्देस सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ, पश्चिमोदय बचत तथा ऋण सहकारी संस्था र सम्बर्द्धन सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ छन् ।

त्यसैगरी, अस्ट सेभिङ एण्ड क्रेडिट अपरेटिभ, असर्फी सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ, जेस्ट सेभिङ क्रेडिट को-अपरेटिभ र शिव शिखर मल्टिपपर्स को-अपरेटिभलाई पनि कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको छ ।

लालीगुराँस सेभिङको सञ्चालकमा धन बहादुर तामाङ, ढुन्डी राज बम्जन तामाङ र सोम थापा मगर छन् ।

तुलसी बहुमुखी सहकारीको सञ्चालकमा केदार नाथ शर्मा र सबिन न्यौपाने छन् । तुलसी बहुमुखी सहकारीलाई २ पटक कालोसूचीमा राखेको हो ।

उपलब्धि मल्टिपपर्स को-अपरेटिभको सञ्चालकमा अनिल प्रसाद खनाल, देवराज शर्मा, प्रतिभा निरौला र योग राज पौडेल छन्।

शान्ति सन्देश सेभिङको सञ्चालकमा मुरारी कोइराला, राजेन्द्र कुमार कार्की र शिव प्रसाद घिमिरे छन् ।

पश्चिमोदय बचत तथा ऋण सहकारीको सञ्चालकमा देवराज न्यौपाने, कृष्ण बन्धु रेग्मी, राज कुमार तामाङ, रमिला बस्नेत र सुस्मा सापकोटा छन् ।

सम्बर्द्धन सेभिङको सञ्चालकमा चन्द्रिका खड्का, दिनेश कालिकोटे र प्रकाश लकाई छन् । अस्ट सेभिङको सञ्चालकमा अनिल खड्का र जीवन बुढाथोकी छन् ।

त्यसैगरी, असर्फी सेभिङको सञ्चालकमा अविनास कार्की, विदुर सिवाकोटी, कृष्ण कुमारी आले, मिना कुमारी थापा र टेक बहादुर आले छन् ।

जेस्ट सेभिङ क्रेडिट को-अपरेटिभको सञ्चालकमा चर्चित हास्य कलाकार मधु सुदन पाठक, बद्रीप्रसाद हुमागाईं, इन्दिरा अधिकारी र निशा रिमाल कार्की छन् भने शिव शिखर मल्टिपपर्सको सञ्चालकमा आमेश राजभण्डारी, लिलानाथ गौतम, पुस्कर मल्ल, राजु सखार्मी, सुशील बानिया र तेज बहादुर तामाङ छन्