विराटनगर । कोशी प्रदेशको मन्त्रिपरिषद् बैठकले दोस्रो तथा बजेट अधिवेशन जेठ १४ गतेका लागि आह्वान गर्ने निर्णय गरेको छ ।
प्रदेश प्रमुख परशुराम खापुङलाई बजेट अधिवेशन बोलाउन सिफारिस गर्ने मन्त्रिपरिषदको निर्णय सोमबार नै जानकारीका लागि पठाइसकेको कोशी प्रदेश सरकारका प्रवक्ता भक्तिप्रसाद सिटौलाले बताए ।
प्रदेश प्रमुख खापुङले प्रदेश अधिवेशन आह्वान गरेको जानकारी कोशी प्रदेशको प्रदेश सभालाई जानकारी गराएपछि प्रदेश अधिवेशन सुरु हुनेछ ।
अधिवेशनले पूर्व बजेट छलफल प्रारम्भ भई सरकारको नीति तथा कार्यक्रम पेस हुने छ ।
त्यस्तै बजेट अधिवेशनमा आगामी आर्थिक वर्ष २०८०–८१ को वार्षिक बजेट सरकारले पेस गर्ने छ ।