काठमाडौं । सामना फिल्मस् प्रा. लि. द्वारा निर्मित चलचित्र “काँडेतार“ लाई नेपाल सरकारको सेन्सर बोर्डबाट फुकुवा भएको छ ।

सेन्सरले यो फिल्मलाई पि/जी सर्टिफिकेट दिएको छ । फिल्ममा नेपाल–भारतबीचको खुला सिमानाले निम्त्याएको विसंगति तथा समस्यालाई चित्रण गरिएको छ ।

OM Sai Pathibhara Hospital

फिल्मका निर्माता, निर्देशक तथा अभिनेता नवल खड्काले आफ्नो फिल्म सेन्सर फुकवा भएको अवसरमा सेन्सर स्विकृति प्रक्रियामा आएको कठिनाइलाई सुल्झाउने अवस्था निर्माण गर्नमा सहयोग गर्ने सबै पत्रकार र मिडिया समूहहरुलाई हार्दिक आभार व्यक्त गरेका छन् ।

निर्देशक खड्काले चलचित्रको भावना र नियतलाई आत्मसात् गर्दै सेन्सर फुकुवा गर्न तत्पर हुने चलचित्र सेन्सर वोर्डका पदाधिकारीप्रति पनि आभार व्यक्त गरेका छन् ।

निर्देशक खड्काले फिल्मको प्रदर्शन मिति चाँडै घोषणा गरिने बताएका छन् ।