सरोज निरौला

पथरी, बैशाख २७  ।  आउदै गरेको मुस्लिम धर्मवल्मबीहरुको चाड बकरीद अवसरमा तेस्रो रियाद कप फुटबल प्रतीयोगीता हुने भएको छ । साउदिमा रहेका फुटबल प्रेमी युवाहरुको क्लब रियाद फुटबल क्लवले प्रतियोगीताको अयोजना गर्ने भएको हो । जुन महिनामा प्रतियोगीता हुन लागेको क्लवका सचिव अमित सुनुवारले जानकारी दिएका छन् ।

OM Sai Pathibhara Hospital

प्रत्येक बर्ष बकरीदको अवसर पारेर साउदी अरबको रियादमा हुदै आएको प्रतियोगीताले यो बर्ष पनी निरन्तरता पाउने भएको छ । रोजगारको सिलसिलामा साउदी अरबमा रहेका फुटबल खेलाडी र फुटबल प्रमीहरुको भाईचारा कायम राख्ने उदेश्यका साथ प्रतियोगीता हुन लागेको फुटबल खेलाडी कृष्ण राईले बताए ।

प्रतियोगीता साउदी अरबको एक्जीट नाईन्टीन Exit - 19 रविया खेल मैदानमा हुने भएको छ । रियाद फुटबल क्लवले यस भन्दा अघि २ वटा प्रतियोगिता सम्पन्न गरिसकेको छ । अघिल्लो प्रतियोगीतमा २४ टिम सहभागी रहेका थिए । दोस्रो संस्करणमा आयोजक रियाद विजयी हुँदै नगद ४ हजार (रियाद)का साथ ट्रफी,मेडल प्रमाणपत्र प्राप्त गरेको थियो भने युनाईटेड दमामले २ हजार ५ सय रियालका साथ ट्रफी,मेडल प्रमाणपत्र प्राप्त गरेको थियो ।

परदेशमा रहेका नेपाली फुटबल पे्रमी दाजुभाई दिदी बहिनीहरु विचको भाईचारा कायम राख्ने उदेश्य र साउदीको संस्कृती पर्व बकरीद अवसरमा प्रतीयोगीता हुने गरेको क्लवका अध्यक्ष भेष गुरुङले बताए । गुरुङले सबै जातजातीको संस्कारको सम्मान स्वरुप उक्त पर्वमा आयोजना हुने प्रतियोगीतामा सहभागी भई बन्धुत्व कायम गर्दै पुनः मिलन कार्यक्रममा सहभाग्ी हुन साउदी अरवमा रहने सम्पुर्ण नेपालीहरुमा अनुरोध गरेका छन् ।