काठमाडौं   ।   काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले ओमनलाई पराजित गरेको हो। नेपालले दिएको ३११ रनको लक्ष्य पछ्याउने क्रममा ओमन ४६.३ भोभरमा नौ विकेट गुमाएर २२६ रन बनाएको हो।

ओमानका अन्तिम खेलाडी अकिब इलियास घाइते भएका थिए। उनी ब्याटिङ गर्न नसक्ने भएपछि अम्पायरले खेल अन्त्यको घोषणा गरेका थिए। यससँगै नेपाल ८४ रनले विजयी भएको हो।

OM Sai Pathibhara Hospital

ओमनका लागि मोहम्मद नदिमले ६५, सन्दीप गौडले ४६, आयान खानले २९ र कश्यप प्रजापतिले २५ रन बनाए। नेपालले दिएको विशाल लक्ष्य पछ्याउने क्रममा ओमनका खेलाडीले राम्रो साझेदारी गर्न सकेनन्।

ओमनका लागि मोहम्मद नदिमले ६५, सन्दीप गौडले ४६, आयान खानले २९ र कश्यप प्रजापतिले २५ रन बनाए। नेपालले दिएको विशाल लक्ष्य पछ्याउने क्रममा ओमनका खेलाडीले राम्रो साझेदारी गर्न सकेनन्।

नेपालका लागि करण केसी र सन्दीप लामिछानेले तीन-तीन, दीपेन्द्रसिंह ऐरीले दुई र ललित राजवंशीले एक विकेट लिए। योसँगै लामिछानेको एकदिवसीय क्रिकेटमा १०० विकेट पुगेको छ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालको शुरूआत राम्रो भएको थिएन। कुशल भुर्तेल र आसिफ शेख शून्यमै आउट भएका थिए।

त्यसपछि आएका भीम सार्की र रोहित पौडेलले नेपालको पारी सम्हालेका थिए। सार्कीले ५६ बलमा ३३ रन बनाए भने पौडेलले ३४ बलमा २३ रन बनाए।

दुवै जना आउट भएपछि धरमराएको नेपालको पारीलाई कुशल मल्ल र आरिफ शेखले सम्हालेका हुन्। मल्लले ६४ बलमा १०८ रन बनाए भने शेखले ४३ बलमा २९ रन बनाए। मल्लको यो पहिलो शतक हो।

दीपेन्द्रसिंह ऐरी सात रनमै आउट भएपछि आएका सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गरे। कामीले ४८ बलमा ६३ रन बनाए। उनलाई करण केसीले साथ दिए। केसीले १५ बलमा २९ रन प्रहार गरे।

ओमनका लागि आयान खानले दुई, विलाल खान, कलीमुल्लाह, जीशम मक्सूद, फयाज बट, कबि इल्यास र जतिन्दर सिंहले एक-एक विकेट लिए।

एसीसी प्रिमियर कप अन्तर्गत नेपालले दोस्रो जित हासिल गरेको हो। यसअघि वैशाख ५ मा भएको खेलमा नेपालले मलेशियालाई ६ विकेटले पराजित गरेको थियो। नेपालको अर्को खेल सोमबार साउदी अरबसँग खेल्नेछ।

नेपाल रहेको समूह ‘ए’ मा मलेशिया, ओमन, कतार र साउदी अरब छन्। त्यस्तै समूह ‘बी’ मा बहराइन, हङकङ, कुवेत, सिंगापुर र यूएई छन्। एसीसी प्रिमियर कपको विजेता टोलीले एशिया कप खेल्न पाउनेछ।