काठमाण्डौ  ।  वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाएका छन् । नेपाल बैंकर्स संघको बुधबार बसेको बैठकले मुद्दती तथा बचत खाताको ब्याजदर वैशाखदेखि घटाउने निर्णय गरेको हो।

बैठकको निर्णय अनुसार एक वर्षे मुद्दतीको ब्याज ११ प्रतिशतबाट ९.९९ प्रतिशतमा झार्ने निर्णय गरेको छ।

OM Sai Pathibhara Hospital

त्यस्तै संस्थागत निक्षेपको ब्याजदर ७.९९ प्रतिशतमा आएको छ। बचतको ब्याजदर ५.४ देखि ७.४ प्रतिशतमा झारेको छ।

कल डिपोजिटको ब्याजदर २.७ प्रतिशतमा झारेको छ। अहिले झरेको निक्षेपको ब्याजको असर आधार दरमा साउनदेखि पर्नेछ।

बचतको ब्याजदर तत्कालै घट्ने भएकाले आधार दर कम भएर नयाँ ऋणीलाई कम ब्याजमा पैसा उपलब्ध हुने छ।

बैंकहरुमा अहिले लोनेबल फन्ड पनि केही बढेको अवस्था छ, त्यसकारण ब्याजदर घटाउने निर्णय गरेका हौं संघका उपाध्यक्ष तथा माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइरालाले भने–लोनेबल फण्ड टाइट हुँदा ब्याजदर बढ्ने र लोनेबल फण्ड बढी हुँदा ब्याजदर घट्ने सामान्य सिद्धान्त नै हो।त्यस्तै कर्जाको ब्याजदर वैशाखदेखि सामान्य घट्ने भएको छ ।

चैत मसान्तसम्मको आधार दरका आधारमा वैशाखदेखि कर्जाको पनि ब्याजदर घट्ने संघले जनाएको छ ।

हाल ऋणीहरुबाट वाणिज्य बैंकहरुले १४ प्रतिशतभन्दा बढी ब्याज नलिएको दाबी गर्दै आएका छन् ।