काठमाडौं । चितवनमा निर्माणाधीन गौतमबुद्व अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले बनाउने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले रंगशालाको स्वामित्व लिएर काम अगाडि बढाउने निर्णय गरेको हो ।

धुर्मुस-सुन्तली फाउन्डेसनले सुरु गरेको निर्माण रकम अभावका कारण अलपत्र परेको थियो ।