काठमाडौं : सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले सहकारीकर्मीले नै सहकारी बिगारेको बताएका छन् । स्वंयम सहकारीकर्मीले नै सहकारी सपार्नु पर्ने बताए।

राष्ट्रिय सहकारी महासंघले ६६ औं सहकारी दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै घिमिरेले सहकारीमा भयावह अवस्था सिर्जना हुन लागेको छ । सहकारी हामीले नै बिगारेका हौं । हामीले नै बनाउनु पर्छ यहाँ अरु लाई दोस दिनु बेकार छ ।Screenshot_2023-04-03-05-18-31-70_a23b203fd3aafc6dcb84e438dda678b6

OM Sai Pathibhara Hospital

बचतकर्ताले पैसा फिर्ता नपाएपछि आउने राज्यमै भएको समेत बताए । सहकारीका सदस्यको सम्पत्ति संरक्षण गर्न चुनौती बढेको समेत घिमिरेले बताएका छन । ‘सदस्य सकभर विभाग आउन नपर्ने गरी सहकारीले काम गर्नुपर्छ । बचतकर्ता विभाग आउनु नपरोस् यदी बचतकर्ता आइहाले सरकार चुप लागेर बस्दैन’, रजिष्ट्रार घिमिरेले भने ।

नागरिक अन्तिममा राज्यमै आउने भएकाले सहकारीले ऐन, कानुनले भनेका काम गर्नुपर्ने बताए । ‘बाँझाबाज, झगडा हुने स्थिति नआयोस्, सबै मिलेर सहकारीका समस्या समाधान गरौं’, घिमिरेले भने, ‘सहकारीमा अस्वस्थ प्रतिष्पर्धा, बढी ब्याजदरको लोभले समस्या आएको छ।’
त्यसैगरी सहकारी ऐन र नियमावली बाझिएकाले कर्जा सूचना केन्द्र, बचत तथा ऋण सुरक्षण कोष आउन नसकेको समेत बताए ।

‘नियमावलीका कारण कर्जा सूचना केन्द्र आउन नसकेको हो’, उनले भने, ‘अहिलेको व्यवस्था अनुसार केन्द्र स्थापना भए एक सहकारीले अर्को सहकारीलाई सिध्याउन सक्छन् ।’ सञ्चालनको मोडालिटी नमिलेका कारण कर्जा सूचना केन्द्र आउन नसकेको बताए ।

रजिष्ट्रार घिमिरेले अहिलेको मोडालिटीबाट केन्द्र स्थापना भएमा सूचनाको गोपनीयता समेत नहुने बताए । सुचना केन्द्र सहकारी आफै चलाउने, पदाधिकारी बन्ने र नियमन गर्ने रजिष्ट्रारलाई पनि सञ्चालक बनाउने प्रक्रिया उचित नभएको समेत बताएका छन ।