काठमाण्डौ  ।   सवारी दुर्घटनामा परी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत अध्यागमन अधिकृत भूपती पाण्डेको मृत्यु भएको छ ।

कार्यालय समय सकिएर घर फर्कने क्रममा पाण्डे सवार स्कुटरलाई ट्रकले ठक्कर दिएको थियो।

OM Sai Pathibhara Hospital

उनी सवार स्कुटरलाई बल्खु चोकमा ट्रकले ठक्कर दिएको हो ।

ट्रकको ठक्करबाट घाइते भएका पाण्डेलाई उपचारका लागि बल्खुस्थित बयोधा अस्पताल लगिएको थियो ।

अस्पताल पुर्‍याउनासाथ चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका हुन् । पाण्डे अर्घाखाँचीका स्थायी बासिन्दा हुन् ।