लाहान । पर्सा प्रहरीले प्रेस लेखिएको गाडीबाट लागूऔषधसहित एकजनालाई नियन्त्रणमा लिएको छ । 

वीरगंज १६ स्थित रजतजयन्ति चोकबाट प्रहरीले टी मिडिया प्रा.लि. द्वारा सञ्चालित निगरानी अनलाइन डटमको प्रेस लेखिएको गाडीबाट प्रतिबन्धित लागूऔषधसहित एकजनालाई नियन्त्रणमा लिएको हो ।

OM Sai Pathibhara Hospital

पक्राउ पर्नेमा मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका-४ निवासी गोपाल स्याङ्गतान रहेको पर्सा प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) निर्मल बुढाथोकीले जानकारी दिए ।

डिएसपी बुढाथोकीकाअनुसार स्याङ्गतानले चलाइरहेको बा ७ च ४६४२ नम्बर भएको सेन्ट्रो कारबाट २४० थान नाईट्रोभेट ट्याब्लेट, १०० एमएलको १९८ बोत्तल ओनेरेक्स र नेपाली ६५ हजार रुपैयाँ नगदसहित उनलाई नियन्त्रणमा लिइएको छ ।

सिमावर्ती भारतीय शहर रक्सौलबाट नेपाल आएको गाडीमाथि शङ्का लागेर प्रहरीले रोकी रितपूर्वक चेकजाँच गर्दा लागूऔषध र नगद भेटिएको उनले बताए । स्याङ्गतानको साथबाट निगरानी अनलाइनद्वारा जारी गरिएको प्रेस कार्ड पनि भेटिएको छ ।

लागूऔषध र नगदसहित स्याङ्गतानलाई नियन्त्रणमा लिएर उनिमाथि लागूऔषध सम्बन्धि मुद्दा चलाई अदालतबाट म्याद थप गर्ने प्रक्रिया अगाडि बढाइएको बुढाथोकीले बताए ।

निगरानी अनलाइन डटकम हेटौंडा मूख्य कार्यकाल भएको टी मिडिया नेटवर्क प्रा.लि. द्वारा सञ्चालित छ । मिडियाका अध्यक्ष आदर्श सिंह थोकरले स्याङ्गतान आफ्नो सञ्चार संस्थामा कार्यरत नरहेको जानकारी दिएका छन।

स्याङ्गतानले नक्कली प्रेस कार्ड बनाएर दुरुपयोग गरेको थोकरले स्पष्ट पार्दै भने, ‘हाम्रो मिडिया हाउससँग कुनै गाडी छैन ।

गोपाल स्याङ्गतान भन्ने व्यक्तिसँग आफ्नो चिनजान भएपनि उनि निगरानी अनलाइनमा कार्यरत छैनन् । नक्कली कार्ड बनाएर दुरुपयोग गरेका छन् । म यस विषयमा बुझ्दै छु ।’

थोकरकाअनुसार निगरानी अनलाइनमा कार्यरत कर्मचारीहरुसँग नेपाल सरकारद्वारा जारी गरिएको प्रेस कार्ड मात्र छ