काठमाडौं । निजी स्तरको कम्पनी सौर्य एयरलाइन्सले अब काठमाडौं पोखरा दैनिक चार उडान भर्ने भएको छ।
आगामी चैत १९ गतेदेखि सौर्य एयरलाइन्सले दिनमा चार उडान गर्ने एयरलाइन्सका व्यवस्थापक मुकेश खनालले जानकारी दिएका छन।


पहिलोपटक जेट विमानमार्फत सौर्यले दैनिक बिहान ८ः३० बजे, ९ः३५ बजे र दिउँसो २ः४० बजे र ३ः३० बजे उठडान तालिका बनाएको मुकेस खनालले जानकारी दिए।
सौर्य एयरलाइन्सले हाल विराटनगर, भद्रपुर र पोखरामा सेवा दिँदै आएको छ।