कोशी  । मोरङको रंगेली नगरपालिका २ खोरिया टोलस्थित एउटा कृषि फार्मको लिची बगानको रुखमा झुन्डिएको अवस्थामा आज दिउँसो युवायुवतीको शव फेला परेको छ ।Screenshot_2023-04-01-13-40-38-74_a23b203fd3aafc6dcb84e438dda678b6

लिचीको रुखमा झुन्डिएको अवस्थामा रंगेली २ का अन्दाजी १८ वर्षीय सञ्जय उराव र बेलबारी नगरपालिका २ की अन्दाजी १८ वर्षीया ललिता उराव मृत फेला परेका हुन् ।

OM Sai Pathibhara Hospital

स्थानीय जनक कार्कीले सञ्चालन गरेको ईश्वरी कृषि फार्मभित्र रहेको लिची बगानको एउटै हाँगोमा डोरीको पासो लगाएर सञ्जय र ललितालाई झुन्डिएको भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।

डीएसपी रञ्जनकुमारका अनुसार स्थानीयले झुन्डिएर मृत्यु भएको अवस्थामा देखेपछि दिउँसो १२ः५० बजेतिर प्रहरी चौकी बबियाविर्तालाई खबर गरेका थिए ।

त्यसलगत्तै घटनास्थलमा इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक चन्द्रबहादुर खड्का नेतृत्वको टोली पुगेर घटनाको अनुसन्धान सुरु गरेको थियो । प्रहरीले दुवै शवलाई पोस्टमार्टमका लागि पठाएको छ ।

मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले घटनाको यथार्थ पत्ता लगाउन निर्देशन दिँदै मिहीन ढंगबाट अनुसन्धान अघि बढाउन विशेष टोली परिचालन गरेका छन्। झुन्डिएको अवस्थामा भेटिएका सञ्जयको घर लिची बगान नजिक छ । 

प्रारम्भिक अनुसन्धानबाट झुन्डिनुपर्ने कुनै कारण पत्ता नलागेको र थप अनुसन्धानपछि घटनाका बारेमा यकिन हुने डीएसपी दाहालले बताए ।