काठमान्डौ । अन्तराष्ट्रिय बिमानस्थलमा आकमिक बैठक बसी निम्न प्रश्नको जवाफ मन्त्री सुधन किरातिले मागेका छन उनले भने अब उत्तर बोलेर, लेखेर होइन परिणाममा खोजेको छु ।
१, व्यागेज चोरिएको घटनाहरु सत्य हो ?
२, अराइभलमा यात्रु लड्ने बिधुतिय भर्याङ्ग के हुँदैछ कहिले सम्म बनि सक्छ ?
३, सरसफाई अभियान के कस्तो चल्दै छ ?
४, समयमा जहाज उड्दैछ कि छैन ?
५, यात्रु मैत्री एर्यपोर्ट बन्दै छ कि छैन ?
६, एयरपोर्ट भित्र महङ्गि नियन्त्रण भयो कि भएन ?
७, ब्रेक बिनाको ट्रली फेर्ने काम कहाँ पुग्यो ?
८, सौचालय भित्र बजि रहेको सङ्गित किन बन्द भयो ?
९, महिला सौचालयमा सेनिट्यारी प्याड राख्ने काम के भयो ?
१०, एयरपोर्ट अगाडिको ब्यूटिफिकेशन के भयो ?
११, एयरपोर्ट भित्र कुकुर र बाँदर कसरी पस्यो ?
१२, एयरपोर्ट भित्र वाईफाई प्रभावकारी किन चल्दैन ?