काठमाडौं । मिटरव्याजपीडित र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन भएको छ।
बिहीबार बिहान १० बजेदेखि सुरु भएको वार्तामा पीडितको मागका विषयमा यस अघिको कार्यदलको प्रतिवेदनअनुसार अघि बढ्ने सरकारीले बताएपछि वार्ता निष्कर्षविहिन भएको हो ।
पीडित पक्षले भने पुरानो प्रतिवेदनले मुद्दा सम्बोधन नगर्ने अडान लिएपछि वार्ता टुंगोमा पुग्न नसकेको हो ।
बिहीबार साँझ ६ बजे फेरि छलफल गर्नेगरी बिहानको बैठक टुंगिएको गृह मन्त्रालयका सहसचिव एवम् वार्ता समिति संयोजक रुद्रादेवी शर्माले नेपाल प्रेसलाई जानकारी दिइन् ।