सरोज । मोरङको पथरीशनिश्चरे वडा नं १० कि स्वर्गिय रुपा राईको परिवारलाई अमेरीकाबाट आर्थीक सहयोग जुटेको छ ।
पथरीशनिश्चरे वडा नं १० घर भइ हाल अमेरीकामा रहेका समाजसेवि युवा दिपेन्द्र दाहालको पहलमा अमेरीकास्थित ओहायो नामक संस्थाबाट १ लाख २ हजार ८ सय ६५ रुपैयाँ रकम प्राप्त भएको हो ।
दाँत फुकाल्ने क्रममा समस्या आइ समयमा उपचार नहुँदा मुखको क्यान्सरबाट पिडित बन्नुपरेकी रुपाको गत १२ गते ज्यान गएको थियो ।
संस्थाका साथै अमेरीकामै रहेका सानमार कम्पनिका इम्योइहरु दिपेन राई, डम्बर, दिक्षा, सुस्मा, सोनु, कुनाल, सागर, जङ्ग, गंगा, अञ्जना, प्रेम, धिरेन, राम, उज्वल लगायतका नेपालीहरुले उक्त रकम उपलब्ध गराएका थिए ।
उपलब्ध रकम दाहालकी आमा चिनिमाया दाहाल र पत्रकार प्रेमप्रसाद भट्टराईले परिवारलाई हस्तान्तरण गरेका थिए। मृतक राईको बुबा आमासहित स परिवार वडा नं १० कै डाँस खोलाको किनार छेउमा बसोबास रहँदै आएको थियो ।
सुकुम्बासीका रुपमा रहेका र आर्थीक अवस्था समेत दयनिय रहेको रुपाको उपचारका क्रममा पनि सहयोग जुटाउँदै आएका दाहालले रुपाको मृत्युले आफु दुखि रहेको बताए ।
तिन पुस्ता सम्म सुकुम्बासीका रुपमा रहेर खोला किनारमा गिटी कुटेर जिविकोपार्जन गर्दै आएकी रुपाको आर्थीक विपन्नताकै कारण समयमै उपचार नपाएर ज्यान गुमाउनुपर्दा आफुहरु दुखि रहेको र मृतकका सन्तानको उचित शिक्षादिक्षाको सहजताका लागि समेत सहयोग गरेको सहयोगि संस्थाका अध्यक्ष नारायण आचार्यले बताए । मृतक राईका १ छोरा र एक छोरी छन् ।
दिन दुखि असहाय अपाङ्गता भएका अमेरीका भित्र तथा बाहिरका विभिन्न नागरिकहरुलाई सहयोग गर्ने उद्धेश्यका साथ खोलीएको उक्त संस्थाले अन्य धेरै व्यक्तिलाई सहयोग गरेको र यो कार्य निरनतर रहने संस्थाका सचिव चन्द्र बास्तोलाले बताए ।