काठमाडौं ।  सत्तारुढ गठबन्धनका नेताहरुको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश गरेका हुन् । 

OM Sai Pathibhara Hospital


उक्त मस्यौदामा बुधबार छलफल हुने बैठकमा सहभागी नेपाली कांग्रेसका नेता रमेश लेखकले बताए ।

सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा छलफलका लागि पेश भएकाे र बुधबार त्यसमा छलफल हुने उनले बताए ।


न्यूनतम साझा कार्यक्रममाथि छलफल भएपछि मन्त्रिपरिषद विस्तारबारे छलफल हुने नेता लेखकले बताए ।