पथरी । मोरङको पथरी शनिश्चरेमा रहेको नमुना विद्यालय पञ्चायत माध्यमिक विद्यालयले शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
कक्षा १० को फलामे ढोकाको रुपमा हेरिएको एसइइ परिक्षामा समेल हुने विद्यार्थीहरुलाई सफलताको शुभकामना प्रदान गर्ने अभिप्राय स्वरुप विद्यालयले शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको हो ।
विद्यार्थीहरुलाई शुभकामना दिँदै शिक्षकहरुले पढाइ जिन्दगीको आधार भएकाले भविश्यलाई बलियो बनाउन पढाइ अत्यन्तै महत्त्वपूर्ण रहेको र यस्मा सबैको ध्यान जान जरुरी रहेको बताउदै एसईईलाई ठुलो समस्याको रुपमा नहेरि विना संकोच परीक्षा लेख्न अनुरोध गरेका थिए ।
पछिल्लो समय यो बर्षबाट पाठ्यपुस्तक भिवाजीत हुने र अर्को बर्षबाट नयाँ पाठ्यपुस्तकबाट शिक्षण सिकाई हुनेहुँदा यो बर्ष परिक्षामा सामेलहुने सबै बिद्यार्थी पास हुनेछन भन्ने हल्ला सबैतिर ब्याप्त रहेकाले यस्तो निराधार हल्लाको पछि न लाग्न विद्यार्थीलाई अनुरोध गरेका थिए ।
यस बर्ष एसईई परिक्षामा यस विद्यालयबाट जेनेरल तर्फ १८३ ,प्राविधिक धार (सिभिल) तर्फ,४४ जना विद्यार्थी सहभागी हुदै छन् । अघिल्लो बर्ष यस विद्यालयबाट ९६ प्रतिसत विद्यार्थीले एसईई उत्तीर्ण गरेको शिक्षक निरज ढकालले जानकारी दिनुभयो ।
विद्यालयका सह प्रधानाध्यापक मोहन शर्माको प्रमुख आतिथ्य,विद्यालयका शिक्षक कर्मचारि लगायतको आतिथ्यमा सम्पन्न कार्यक्रममा बिद्यालका शिक्षक केशव निरौलाले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन शिक्षक भवानी तिम्सिनाले गरेका थिए ।