काठमाडौं । गृह मन्त्रालयले १३ सहसचिवसहित ३५ जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । जसअनुसार केही समयअघि मात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गृहमा सरुवा भएर आएका सहसचिव महादेव पन्थलाई मन्त्रालयमा आन्तरिक व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट गृहमा सरुवा भएर केहि समयदेखि जगेडा बस्दै आएका सहसचिव रुद्रसिंह तामाङको राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइएको छ ।