काठमाडौ । वसन्त कुँवर नेपाल प्रहरीकाे ३० औँ प्रहरी महानिरीक्षक (आइजिपी) बनेका छन्।FB_IMG_1679672345322

OM Sai Pathibhara Hospital

शुक्रबार बसेकाे मन्त्रीपरिषद्काे बैठकले कुँवरलाई आइजिपीमा नियुक्त गर्ने निर्णय गरेकाे हाे। उनी साेमबार मात्रै प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा भएका थिए।FB_IMG_1679672340495

कुँवरले आफ्ना चार प्रतिस्पर्धीलाई पछि पार्दै आइजिपी बन्न सफल भए। आइजिपीकाे लागि उनीसँगै एआइजी टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य प्रतिस्पर्धामा थिए।FB_IMG_1679669648047 1

प्रहरी नियमावली २०७१ को दफा ४१ मा ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने, नेतृत्व दिनसक्ने र आफू मुनिकालाई प्रोत्साहन गर्न सक्ने व्यक्तिलाई आइजीपी बनाउन सक्ने उल्लेख छ। साेही याेग्यताका आधारमा कुँवर आइजिपी बन्न सफल भए।

हालका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह आज राति ३० वर्षे प्रहरी सेवाको उमेरहदका कारण अनिवार्य अवकाशमा जाँदैछन्।

नवनियुक्त प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले सबल र सक्षम प्रहरी तथा प्रभावकारी सेवा प्रदान गर्ने सन्दर्भमा आफू प्रतिबद्ध रहेको बताएका छन् ।

सरकारले शनिबारदेखि लागू हुने गरी प्रहरी महानिरीक्षकमा बढुवा गरेलगत्तै प्रहरी प्रधान कार्यालयमा शनिबार अवकासमा जान लागेका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहसहितका प्रहरी अधिकृतहरुलाई बिदाई गर्दै कुँवरले अग्रजहरुले देखाएको बाटो आफूले अनुसरण गर्दै जाने प्रतिबद्धता पनि जनाए । 

अवकासमा जान लागेका प्रहरी महानिरीक्षक सिंहले आफ्नो कार्यकालमा सबै प्रकारमा निर्वचन सफलतापूर्वक र शान्तिपूर्ण रुपमा सम्पन्न गरेको र त्यसका लागि सबै प्रहरी कर्मचारीहरुको साथ र सहयोग रहेकोमा खुसी व्यक्त गरे । 

सिंहसहित उनका ब्याची ९ जना प्रहरी अधिकृतहरु आज राती १२ बजेबाट अवकासमा जाँदै छन् ।

शनिबारदेखि नवनियुक्त महानिरीक्षक कुँवरले कार्यभार सम्हाल्ने जनाइएको छ । फूली लगाउने कार्य भने आइतबार मात्रै हुनेछ ।