काठमाण्डाै - हिजो तोलामा दुई हजार रुपैयाँले घटेको सुनको भाउ आज भने १ हजार २ सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलामा १ लाख ९ हजार रुपैयाँ पुगेको छ । यसअघि गएको ५ गते आइतवार सुनको भाउ बढेर अहिलेसम्मकै उच्च १ लाख १० हजार रुपैयाँमा पुगेको थियो ।

आज चाँदीको भाउ पनि बढेको छ । तोलामा २५ रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।