काठमाडौं- निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीको ब्यागेज फुटेको विषयमा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले छानबिन सुरु गरेको छ । काठमाडौंबाट दिल्ली उडानका क्रममा आफ्नो ब्यागेज फुटेको सोमबार सचिव दुवाडीले ट्विटरमा उल्लेख गरेका थिए । घटनाबारे जानकारी पाएपछि छानबिन सुरु गरिएको निगमका सहप्रवक्ता गणेशकुमार घिमिरेले जानकारी दिए ।

“हामीलाई पनि ब्यागेज फुटेको भन्ने बारेमा जानकारी आएको छ । त्यस विषयमा हामीले बुझिरहेका छौँ,” उनले भने, “त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाम्रो कष्टुमर कियर विभाग छ । त्यसले छानबिन गर्छ । विभागलाई सीसीटीभी फुटेज हेर्न लगाएका छौँ ।

OM Sai Pathibhara Hospital

सचिव दुवाडीले ट्विटरमार्फत नेपाल एयरलाइन्सको विमानमा राखेको ब्यागेज फुटेको अवस्थामा पाएको बताएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा निगमलाई मेन्सन गरेर उनले लेखेका छन्, “नेपाल एयरलाइन्सबाट दिल्ली पुगेपछिको पहिलो उपहार लथालिंग पारिएको फुटाइएको ब्यागेज हात पर्‍यो । यसको जिम्मा कसले लिने ? तिम्रो अनुसन्धान गर्दै गरौला, मैले मेरो सामान बोक्न अब डोको खोज्नुपर्‍यो ?”