झापा -  नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अल्बर्टो भिसेन्जो एनेसले ६ नयाँ अनुहारलाई समेट्दै प्रधानमन्त्री त्रिदेशीय कपका लागि राष्ट्रिय टिमको घोषणा गरेका छन् । एनेसले मंगलबार गोलकिपर अभिषेक बराल, रक्षक सनिष श्रेष्ठ, पदम भट्टराई, मिडफिल्डर मणीकुमार लामा र फरवार्ड दीपकसिंह ठकुरी र सुमित श्रेष्ठलाई समेट्दै २३ सदस्यीय टिमको घोषणा गरेका हुन् । एनेसले घोषणा गरेको टिममा मिडफिल्डर सुजल श्रेष्ठ र फरवार्ड विमल घर्तिमगरले भनकाके स्थान बनाउन सकेनन् ।

पहिलो खेलमा नेपालले लाओससँग चैत ८ गते खेल्नेछ । चैत ११ गते भुटान र लाओस भिड्नेछन् । यस्तै, चैत १४ गते नेपाल र भुटान भिड्नेछन् । प्रतियोगिताको फाइनल खेल चैत १७ गते हुनेछ । प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ ९एन्फा०ले टिकट मूल्य सामान्य प्यारापिटतर्फ ५०० र भीआईपीतर्फ एक हजार रुपैयाँ तोकेको छ ।

OM Sai Pathibhara Hospital