झापा- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखामा सडक शिलान्यास गर्नुभएको छ । मंगलबार प्रधानमन्त्री प्रचण्डले पन्थहिटी–कटहरे–हर्मी–साहिलटार सडक खण्डको २० किलोमिटर क्षेत्र स्तरोन्नतीका लागि शिलान्यास गर्नुभएको हो ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र उपप्रधान तथा भौतिक पूर्वाधार, यातायात मन्त्री नारायणकाजी श्रेष्ठलगायतको उपस्थित थियो ।