काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा तत्काल आधुनिक फ्लडलाइट र स्कोरबोर्ड जडान गर्न निर्देशन दिनुभएकाे छ । त्रिवि मैदानमा पूर्वाधार विकासका लागि आवश्यक साधन स्राेतको व्यवस्था सरकारले गर्ने बताउँदै उहाँले राष्ट्रिय खेलकुद परिषद् (राखेप) यस्ताे निर्देशन दिनुभएकाे हाे ।

OM Sai Pathibhara Hospital

प्रधानमन्त्री प्रचण्डले विश्व कप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली क्रिकेट टोलीलाई आज बालुवाटारमा बोलाएर बधाई दिने क्रममा त्रिवि मैदानमा तत्काल फ्लडलाइट र स्काेरबाेर्ड जडान गर्न राखेपलाई निर्देशन दिनुभएकाे हाे । उहाँले क्वालिफायरमा छनोट भएकाे टाेलीका सदस्यहरूलाई बधाई दिँदै जनही तीन लाख रुपैयाँ पुरस्कार दिने घोषणा पनि गर्नुभएकाे छ।

साथै प्रधानमन्त्री प्रचण्डले चितवनमा बन्न लागेको अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशालाकाे समस्या समाधान गरी सरकारले तीव्र गतिमा काम अघि बढाइरहेको बताउनुभयो ।