FB_IMG_1679030120223काठमाडाै । जिम्बाब्वेमा हुने विश्वकप क्रिकेट छनोटमा पुग्न सफल नेपाली खेलाडीलाई सरकारले जनही ३ लाख रुपैयाँ दिने घोषणा गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विजयी नेपाली क्रिकेट टोलीलाई आज बिहान सरकारी निवास बालुवाटार बोलाएर सम्मान रकम घोषणा गरेका हुन्।FB_IMG_1679030117219

यस क्रममा उनले टोलीका प्रत्येक खेलाडीलाई सम्मानस्वरूप ३/३ लाख रुपैयाँ दिने घोषणा गरे। साथै देशमा निर्माणाधीन रंगशाला पनि पूरा गर्ने प्रधानमन्त्री प्रचण्डले बताए।FB_IMG_1679030106623

OM Sai Pathibhara Hospital

‘त्रिवि क्रिकेट मैदानमा तत्काल फ्लटलाइट र स्कोरबोर्ड व्यवस्था गरिनेछ’, प्रधानमन्त्री प्रचण्डले खेलाडीसँग भने, ‘केही रंगशाला निर्माण पनि अघि बढाइनेछ।’

प्रधानमन्त्रीको निम्तोमा विश्वकप छनोटमा पुगेका नेपाली टिमका सदस्य, प्रशिक्षक र अफिसियलहरू आज बिहान प्रधानमन्त्री निवास पुगेका थिए।बिहीबार यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो।