काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज बिहीवारदेखि पाँचौँ चरणका खेल सुरु हुँदैछन् । पाँचौँ चरणको पहिलो दिन आज दुई वटा खेल हुनेछन् । एउटा खेल च्यासल मैदान र अर्को खेल एन्फा कम्प्लेक्समा हुनेछ ।

OM Sai Pathibhara Hospital

च्यासलमा हुने खेलमा एफसी खुमलटार र सातदोबाटो युथ क्लब दिउँसो साढे २ बजे खेल्दैछन् । खुमलटार ४ खेलमा ६ अङ्कका साथ सातौँ स्थानमा र सातदोबाटो ४ खेलमा ९ अङ्कका साथ दोस्रो स्थानमा छ ।

यस्तै एन्फा कम्प्लेक्समा हुने खेलमा दिउँसो साढे २ बजे नै हिमालयन शेर्पा क्लब र सङ्कटा क्लब खेल्दैछन् । हिमालयन शेर्पा ४ खेलमा ४ अङ्कका साथ ११ औँ र सङ्कटा ४ खेलमा ५ अङ्कका साथ आठौँ स्थानमा छ ।

यस सिजनको ए डिभिजन लिग डबल राउण्ड रोबिनको आधारमा भैरहेको छ । यस पटकको लिगमा कुल १ सय ८२ खेल हुनेछन् । यस पटकको लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् ।