काठमाडौं -  नेपाली बजारमा सुनको मूल्य आज फेरी बढेको छ।  आज तोलामा एक हजार रुपैयाँले बढेर तोलामा १ लाख ६ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

त्यस्तै, आज तेजाबी सुनको मूल्य पनि एक हजार रुपैयाँले बढेर १ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधवार छापावाला सुन प्रतितोला १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

OM Sai Pathibhara Hospital

यस्तै, चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा ५ रुपैयाँले मात्रै बढ्दै आज तोलामा १ हजार ३ सय ५ रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।