काठमाण्डाै – हिजो तोलामा १६ सय रुपैयाँले बढेको सुनको भाउ आज यथावत् छ । आज सुन तोलामा एक लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।हिजो सुनको भाउ तोलामा एक हजार ६ सय रुपैयाँले बढेको थियो । यस्तै आज चाँदीको भाउ पनि यथावत् छ । चाँदी तोलाको एक हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ ।