काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको एक लाख दुई हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तोलाको एक लाख दुई हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुन तोलाको एक लाख दुई हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । 

OM Sai Pathibhara Hospital

त्यस्तै, चाँदीको मूल्य आज स्थिर छ । चाँदी तोलाको एक हजार २७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।