झापा - सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लब र विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब उपाधी उचाल्न यो सिजनमा पहिलो पटक एकआपससँग भिड्दै छ । झापास्थित मेची रंगशालामा आज ९मंगलबार० हुने प्रथम भद्रपुर झापा गोल्डकपको उपाधीका लागि दुबै टोली भिड्न लागेका हुन्। सेमिफाइनलमा मच्छिन्द्रले सशस्त्रको एपिएफलाई र आर्मीले संकटा फुटबल क्लबलाई हराउँदै उपाधि नजिक पुगेको हो ।

राष्ट्रिय खेलाडी सुजल श्रेष्ठको कप्तानीमा भर्खरै सातौँ राजर्षी जनक कप जितेको मच्छिन्द्र दोस्रो उपाधि उचाल्ने दाउमा छ । राष्ट्रिय खेलाडीले भरिभराउ मच्छिन्द्रलाई मैदानमा रोक्दै लिगको दोस्रो टोली आर्मी यो सिजनमा पहिलो उपाधी जित्ने मौकाको पर्खाइमा देखिएको छ । आर्मीका लागि झापा जिल्ला यसअघि नै भाग्यशाली साबित भइसकेको छ । झापा गोल्डकपको पाँचौँ संस्करणमध्ये आर्मीले चार पटक उपाधि जितेको इतिहास छ ।

OM Sai Pathibhara Hospital

मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटुवाल र आर्मीका प्रशिक्षक राजु तामाङले उपाधि आ–आफ्नो टोलीले जित्ने दाबी गरेका छन् । गोल्डकप आयोजक समितिले हिजो सोमबार आयोजना गरेको प्रिम्याच प्रेस कन्फरेन्समा बोल्दै मच्छिन्द्रका प्रशिक्षक कटुवालले भने, ‘यो सिजनमा मच्छिन्द्रका खेलाडीहरूले प्रशिक्षण लिइ सकेपछिको यो दोस्रो गोल्डकप हो, पहिलो गोल्डकप हामीले जित्न सफल भयौं, खेलाडीहरूको खेलप्रति म सन्तुष्ट छु ।’ उनले भने। जित्नका लागि खेलेको बताउँदै मच्छिन्द्रका कप्तान श्रेष्ठले भने, ‘पहिलाको दुई खेलभन्दा फाइनलमा समग्र टिमको उत्कृष्ट प्रदर्शन रहने छ ।