झापा - ग्याल्पो ल्होसारको अवसरमा आयोजित संखुवासभास्तरीय आर्चरी अर्थात तीर हान्ने खेल सम्पन्न भएको छ । जिल्ला आर्चरी संघको आयोजनामा भएको प्रतियोगिताको उपाधि कु–दिङ फाउण्डेसन नेपालले हात पारेको छ ।

OM Sai Pathibhara Hospital

खेलमा जिल्लाका दशवटै स्थानीय तहका खेलाडीको सहभागिता थियो । तीन दिनसम्म सञ्चालित खेलमा प्रथम भएको कु–दिङले ५ हजार २५० अंक ल्याएको थियो । के.वाई.सी. किम्माथांकाले ५ हजार २२० अंक ल्याउँदै दोस्रो भएको थियो भने थांमुछी विकास समाजले ४ हजार ४८० अंक ल्याएर तेस्रो स्थान प्राप्त गरेको नेपाल आर्चरी संघका जिल्ला अध्यक्ष पासाङ भोटेले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुने टोलीले एक लाख, दोस्रो हुनेले एकाउन्न हजार र तेस्रो हुनेले तीस हजार रुपैयाँ पुरस्कार पाएका छन् ।

विजयी खेलाडीलाई खाँदबारी नगरपालिकाका मेयर महेश थपलियालगायतले पुरस्कार प्रदान गरेका थिए ।