काठमाण्डाै – स्पेनका डिफेन्डर तथा पूर्वकप्तान सर्जियो रामोस र क्रोएसियाका डिफेन्डर डेजन लोभ्रेनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । रामोस र लोभ्रेनले सामाजिक सञ्जालमार्फत अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका हुन् ।

OM Sai Pathibhara Hospital

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी) का डिफेन्डर रामोसले ३६ वर्षको उमेरमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरे । रामोसले सन् २०१० मा फिफा विश्व कपको उपाधि जितेका थिए । यस्तै स्पेनले सन् २००८ र २०१२ मा युरो कप जित्दा रामोस टोलीमा रहेका थिए । उनले स्पेनका लागि १ सय ८० खेलमा २३ गोल गरेका छन् ।

यस्तै क्रोएसियाका डिफेन्डर डेजन लोभ्रेनले ३३ वर्षको उमेरमा सन्न्यास लिएका हुन् । उनले क्रोएसियाका लागि ७८ खेल खेलेका छन् । टाेली रुस विश्व कपमा उपविजेता र कतार विश्व कपमा तेस्रो हुँदा लोभ्रेन क्रोएसियाको टोलीमा थिए । उनी फ्रेन्च क्लब लियोनमा छन् ।