काठमाडौं । काठमाडौं उपत्यकाका  २१ वटै स्थानीय तहले जग्गाको वर्गीकरण गरेपछि सबैतिर कित्ताकाट खुलेको छ । 

उपत्यकाका कतिपय महानगर तथा नगरपालिकाले पहिल्यै जग्गाको वर्गीकरण गरिसकेको हुँदा कित्ताकाट सुरु भइसकेको थियो । बाँकी नगरपालिकाले पनि जग्गालाई कृषि र गैरकृषि भूमिमा वर्गीकरण गर्ने काम सम्पन्न गरेका हुन् । 

OM Sai Pathibhara Hospital

काठमाडौं जिल्लामा काठमाडौं महानगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, कीर्तिपुर, गोकर्णेश्वर, चन्द्रागिरी, टोखा, तारकेश्वर, दक्षिणकाली, नागार्जुन, शंखरापुर र बुढानीलकण्ठ गरी ११ वटा पालिका रहेका छन् ।

यस्तै, ललितपुर जिल्लामा ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका, गोदावरी, बागमती गाउँपालिका, माहांकाल गाउँपालिका, कोन्जयोसोम गाउँपालिका गरी ६ वटा स्थानीय तह छन् भने भक्तपुर जिल्लामा भक्तपुर नगरपालिका, सूर्यविनायक नगरपालिका, मध्यपुरथिमि, चाँगुनारायण नगरपालिका गरी चार वटा पालिका छन् ।  

भूमि मन्त्रालयले भूउपयोग नियमावली २०७९ जारी गर्दै स्थानीय तहले कृषि र गैरकृषि भनेर वर्गीकरण गरी सिफारिस गरेको जग्गामात्र कित्ताकाट गर्न मालपोत र नापी कार्यालयलाई परिपत्र गरेको थियो ।

२३ मंसिरसम्म सबै स्थानीय तहलाई कम्तिमा कृषि र गैरकृषि भनेर जग्गा वर्गीकरण सम्पन्न गर्न समयसीमा दिएको भए पनि काठमाडौं उपत्यकाकै मालपोले बल्ल आएर जग्गा वर्गीकरण गर्न सकेका छन् । 

अझै पनि धेरै स्थानीय तहले जग्गाको वर्गीकरण गर्न सकेका छैनन् । जग्गाको वर्गीकरण हुन नसक्दा कित्ताकाट समेत घटेको छ, जसले समग्र घरजग्गा कारोबारमै सिथिलता ल्याएको छ ।