झापा - महिला टी–२० विश्व कप क्रिकेटको पहिलो सेमिफाइनलमा आज भारत र अस्ट्रेलिया खेल्दैछन्। दक्षिण अफ्रिकामा भइरहेको आठौँ संस्करणको महिला टी–२० विश्व कपमा भारतले साविक विजेता अस्ट्रेलियासँग खेल्न लागेको हो।

OM Sai Pathibhara Hospital

खेल नेपाली समय अनुसार बेलुका पौने ७ बजे केपटाउनमा सुरु हुनेछ । दोस्रो सेमिफाइनलको खेलमा भोलि इङ्ल्यान्ड र आयोजक दक्षिण अफ्रिका खेल्नेछन् ।

दुवै सेमिफाइनलका विजेताले आइतवार उपाधिका लागि खेल्नेछन् । अघिल्लो संस्करणमा भारतलाई ८५ रनले हराएर अस्ट्रेलियाले उपाधि जितेको थियो ।