Screenshot_2023_0211_210844 6मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज आँको काम पुरा हुनसक्छ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्ने छ । शुभारम्भको चर्चा पनि चल्ने छ ।


वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । यात्रामा मालसामान हराउन सक्छ । स्वास्थ्यमा खर्च पनि बढ्न सक्छ, साझामा भने नयाँ समाचार पाइने छ ।

OM Sai Pathibhara Hospital


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
धैर्य एवं लगनशीलताले अवसर दिलाउने छ । प्रेम सम्बन्ध कसिलो हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्ने छ ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
घरमा अतिथिको आगमन हुनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । भूमिबाट लाभ रहला । साथीभाइले पनि सहयोग जुटाउने छन् ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
लगानीमा रहेको रकम फिर्ता आउनसक्छ । कला, साहित्य तथा संगीतमा रुचि बढ्ने छ । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्ने छ ।


कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । नियमित खर्च समेत बढ्ने योग छ । शेयर बजार पनि असफल हुनसक्छ ।


तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
महत्वपूर्ण कामको थालनी हुनेछ । लक्ष्मी प्रसन्न हुने योग छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्ने छ ।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज भाग्यले विभिन्न अवसर जुराउनेछ । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । शुभकार्यको चर्चा चल्ने छ ।


धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
जटिल ठानिएको काम समेत सम्पादन हुनसक्छ । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । घरमा अतिथिको आगमन हुनेछ ।


मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
समय मध्यम रहेको छ । सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला । माया प्रेममा अविश्वास बढ्न सक्छ भने आफन्तसँग पनि मनमुटाव होला ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आजको यात्रा लाभदायक अनि सफल रहने छ । विदेश अथवा दूरदराजमा रहेको बसोबास गर्ने व्यक्तिहरूसँग सम्बन्ध सुमधुर रहने छ ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोबारमा सफलता पाइएला । लाभदायक यात्रा होला ।