Screenshot_2023_0211_210844 5मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । आकस्मिक रूपमा धनप्राप्तिको सम्भावना समेत छ । स्वास्थ्यका दृष्टिकोणले पनि आज राम्रै छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । शैक्षिक क्षेत्र कमजोर नै रहला । शेयर बजारमा पनि उतारचढाव आइ रहनसक्छ ।

OM Sai Pathibhara Hospital


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आम्दानी बढाउने काम सुचारू गर्न सकिने छ । सामाजिक कार्यमा सफलता मिल्ने छ । दाजुभाइ र दिदीबहिनीहरूबाट समेत सहायता मिल्ला ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज जोश, जाँगर र हिम्मत बढ्ने छ । धर्म‚ कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
शुभ समाचार सुन्न पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको काम समेत सम्पादन हुनेछ ।


कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
विद्या र बुद्धिको ह्रास हुनेछ । झुटा आरोप आइपर्दा समस्या खेप्नु पर्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । विचार गरेर निर्णय लिनु उचित होला ।


तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । रमाइलो यात्राको योग पनि रहेको छ ।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आकस्मिक धन लाभ हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । पारिवारिक सद्भाव बढ्ने छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ।


धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
सहयोगी हातहरू अघि बढ्ने छन् । आफन्तको प्रगतिमा मन रमाउनेछ । पुनर्मिलनको योग रहेको छ । व्यापार व्यवसायमा फाइदा होला ।


मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आकस्मिक धन लाभ हुनेछ । साहित्यिक क्षेत्रमा रूचि बढ्ने छ । बाहन लाभ हुने समय छ । काम देखाएर अरूको मन लोभ्याउन सकिने छ ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आजको यात्रामा बिघ्नबाधा आइलाग्नेछ । आहार विहारमा विशेष सावधानी अपनाउनु होला नत्र स्वास्थ्यमा समस्या बढ्न सक्ने छ ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज अतिथिको रूपमा सत्कार पाइएला । रोकिएको काम दोहो¥याएर प्रयत्न गर्दा फाइदा हुनेछ । आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुनेछन् ।